Sajhamanch Archive

एक दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध हुँदैनः प्रमओली

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीका तीन नं प्रदेशका सांसदहरुसँगको भेटमा प्रधानमन्त्रीओलीले “एउटा निहुँ झिकेर दुईजना साँसद ठिंङ उभिंदा संसदका सबै गतिविधी अवरुद्ध नहुने बताए । उनले भने “नेपालखी काँग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुई जना सांसद ठिङ उभिने । अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्तो हुदैन । दुईचार जना मान्छेले गलत नियतले उभिंदा संसद रोकिदैन ।”

प्रधानमन्त्री ओलीले देश विकासका कुरा, जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्नु नहुने बताए । “हामीदुई तिहाइ बहुमतमा छौं । हाम्रा माननीहरुले विकासका कुरा संसदमा जोडदार उठाउनु पर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ” प्रधानमन्त्री ओलीले भने ।

सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले साउन महिना भित्रै सबै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने जानकारी दिए । “साउन भित्र पार्टी एकीककरण प्रक्रिया सकिन्छ । त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन् ” प्रधानमन्त्री ओलीले भने । “अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ । अब त्यो रोकिन्छ ।”

सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले दोहो¥याए । सरकार असफल नहुने र जनताको भरोसालाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

सांसदहरु कृष्णभुक्त पोख्रेल, रामनारायण विडारी, पार्वत गुरुङ, बिरोध खतिवडा, महेश बस्नेत, कृष्णरज दाहाल, अन्जना बिशंखे, बिमला पौडेल , सुजिता शाक्य, कृष्ण राई, हितबहादुर तामाङ, गोमा देवकोटा लगायतले समसामयिक राजनीतिक बिषय, जिल्ला तथा क्षेत्रहरुमा उठेका विभिन्न समस्याहरु प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *