Sajhamanch Archive

त्रिदेव क्याम्पस सभा, प्रदेश प्रमुख प्रसाईसहित दर्जन बढी सम्मानित

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस चारआलीको आठौं क्याम्पस सभा शुक्रवार सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्तोष नेउपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. ३ का प्रदेश प्रमुख विष्णु प्रसाई रहेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख प्रसाई, दाताराम–यमुना छात्रवृत्ति कोषका संस्थापक पं. नारायणप्रसाद भट्टराई, पं. मधुसुधन र शिवराज भट्टराई तथा इन्दिरा स्मृति छात्रावृत्ति कोषका संस्थापक पं. मधुसुधन भट्टराई र उत्कृष्ट प्राध्यापक तेजप्रसाद खनाल तथा उत्कृष्ट कर्मचारी नरबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सो अवसरमा क्याम्पस प्रमुख माधव प्याकुरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै उनले क्याम्पसको तर्फबाट आगामी ५ वर्षमा रु. १ करोड पु¥याउने लक्ष्यका सा प्राध्यापकहरुको तर्फबाट रु. ३ लाख २० रुपैया जम्मा गरेर प्राध्यापक कल्याण कोषको घोषणा गरेका थिए ।

कार्यक्रममा क्याम्पसका उप–प्राध्यापक तथा सह–प्राध्यापकद्वय गोपीकृष्ण भट्टराई र साबित्रा दाहाल भट्टराईले आफ्ना दिवङ्गत पितृहरु पिता स्व. मनप्रसाद र माता स्व. गोमादेवी भट्टराईको स्मृतिमा यस क्षेत्रका जेहेन्दार, गरिव विद्यार्थीलाई छात्रवृत्ति तथा समाजका अग्रज व्यक्तित्वलाई वार्षिक व्याजबाट सम्मान गर्ने गरी रु. १ लाखको अक्षयकोष राख्ने घोषणा गरेका थिए ।

सो कार्यक्रममा  विभिन्न विधामा प्रतिस्पर्धा गरेर क्याम्पसलाई सफलता प्राप्त गराउने विद्यार्थीहरु तथा त्रिविको परीक्षाका शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन विषयमा स्नातक तहका विभिन्न वर्षमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख प्रसाईले आफनो तर्फबाट क्याम्पसलाई आफुले सक्दो सहयोग गर्ने बताए ।

सो कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, मेची बहुमुखी क्याम्पसका क्याम्प्स प्रमुख कमल गुरागाई, काँकरभिट्टा क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती, मेचीनगर वडा नं.१३ का अध्यक्ष कृष्ण सिग्देल, चारआली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शरद शिवाकोटी लगायतले आ -आफना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *