Sajhamanch Archive

बिर्तामोड नगर क्षेत्रका २०० विपन्नको घर बनाइँदै

Published: in प्रदेश तह, मुख्य समाचार, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले यस बर्ष नगर क्षेत्रका २ सय विपन्न तथा गरिव परिवारलाई आवास निर्माण गरिदिने भएको छ ।

यस आर्थिक वर्षभित्र निर्माण गरिने ती घरहरुको एक कार्यक्रमका बीच क्षेत्र नं २ की सासद पत्रित्रा खरेलले शिलान्यास गरेकि थिईन।
वडा नं ८ स्थित प्रगतिनगरमा स्थानीय घरबारविहीन श्रीमान् लोकबहादुर श्रेष्ठ र श्रीमति धनकुमारी श्रेष्ठको निर्माण गरिने घरको शिलान्यास गर्दै विपन्न परिवार आवास निर्माण अभियानको शुभारम्भ गर्नु भएको हो ।

तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत ४० वटा, बिर्तामोड नगरपालिका, ह्याबिट्याट फर ह्युमानिटी, सहारा नेपालको संयुक्त लगानीमा १०० वटा, सांसद विकास कोषबाट २५ बटा र जनता आवास कार्यक्रम अन्तरगत ३५ वटा गरेर २ सय वटा घर निर्माण गरिने नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले बताए ।

गत वर्ष बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका विपन्न समुदायका परिवारका लागि ७६ वटा घर निर्माण गरेर हस्तान्तरण गरेको थियो ।

वडा नं ८ का कार्यवाहक अध्यक्ष दीपक भट्टराईको अध्यक्षतामा भएको शिलान्यास समारोहमा बोल्दै प्रमुख अतिथि सासद खरेलले आगामी बर्षका लागि आफ्नो पहलमा ४०० बटा घर निर्माण हुने बताए । उनले बिर्तामोड नगर पालिकाले जनताको मन जित्ने खालका धेरै काम गरेर उदाहरण प्रस्तुत गरेको बताउँदै अबका ३ बर्ष भित्रमा बिर्तामोडमा कोही पनि नागरिक घरबार बिहीन नहुने कार्यक्रम तय गरिएको उल्लेख गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले यस वर्ष १० वटै वडाका २०÷२० परिवारको घर निर्माण गरिने उल्लेख गर्दै नगरपालिका शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायत आवासको हकलाई स्थापित गराउन लागिरहेको बताए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, निर्माण उपभोक्ता समितिका युवराज गौतम, वडा सदस्य गंगा राजवंशी लगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *