संयोग सम्बृद्धि बहुउद्देशीयको छैटौं वार्षिक साधारण सभा सम्पन्न
Published: (Updated: )
by .भद्रपुर ।भद्रपुर ७ अञ्जनी मोड स्थित संयोग सम्बृद्धि बहुउद्देशीय सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ।
संस्थाका अध्यक्ष मेधनाथ निरौलाको अध्यक्षता तथा भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा उत्कृष्ट सदस्य सम्मानबाट गोमा निरौला र सुमित्रा पौडेललाई सम्मान समेत गरिएको थियो । अध्यक्ष निरौलाले वार्षिक गतिविधि प्रस्तुत गर्दै १ सय ५१ जना शेयर सदस्य सहितको विवरण प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष योगेश्वर ढुंगानाले आर्थिक विवरण प्रस्तुत गर्दै ३ लाख ३८ हजार ५ सय शेयर पूँजी सहित २३ लाख ४९ हजार ५० रूपैयाको वार्षिक आर्थिक कारोवार प्रस्तुत गरेको कार्यक्रममा लेखा समिति संयोजक उर्मिला गौतमले लेखा प्रतिवेदन पेश गरेकी थिइन भने भद्रपुर नगर सहकारी शाखा प्रमुख डिल्ली ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Comments