लेखनाथ पुस्तकालय चन्द्रगढीको ३५ औं साधारण सभा सम्पन्न
Published:
by .भद्रपुर । भद्रपुर १० स्थित लेखनाथ पुस्तकालय चन्द्रगढीको ३५ औं साधारण सभा सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा नगर शिक्षा अधिकारी उद्धव विष्टको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
पुस्तकालयको वार्षिक गतिविधि प्रतिवेदन अध्यक्ष घिरिरेले प्रस्तुत गरेका थिए भने साँगठनिक तथा आर्थिक प्रतिवेदन सचिव हरिकिशोर आचार्यले प्रस्तुत गर्दै २३ लाख ६५ हजार २ सय १८ रूपैयाको विवरण पेश गरेका थिए ।
कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
Comments