दोस्रो सताक्षी गोल्डकपको आय व्यय सार्वजनिक, फागुनमा तेस्रो संस्करणको गोल्डकप पनि हुने
Published: (Updated: )
by .शिवसताक्षी । शिबसताक्षीको झिलझिलेमा सम्पन्न दोस्रो सताक्षी गोल्डको आय व्यय सार्वजनिक गरिएको छ ।
आयोजक सताक्षीधाम स्पोटिङ क्लबले शनिबार सताक्षीधाम बनभोजस्थलमा पत्रकार सम्मेलन तथा बनभोज कार्यक्रमको आयोजना गरि गोल्ड कपको आय व्यय सार्वजनिक गरेको हो ।
गोल्डकप २०७४ कार्तिक २८ देखि मंसिर ८ गतेसम्म झिलझिलेस्थित गणेशमानसिह अध्ययन प्रतिस्ठानको खेल मैदानमा भएको थियो ।
प्रदेश तथा संघको निर्वाचन तथा माहापुराणको कारणले गर्दा पनि हिसाब सार्वजनिक गर्न ढिलोभएको क्लबका अध्यक्ष रमेश लावतीले जानकारी दिए ।
त्यसै गरि बिभिन्न संघसंस्था तथा महानुभाबहरुले आफुले कबोल गरेको रकम समेत प्राप्त भई नसकेकोले पनि आय–ब्यय सार्बजानिक गर्न ढिलो भएको बताइएको छ ।
पहिलो संस्करणमा रु २३ लाख बचत गर्न सफल भएको आयोजकले दोस्रो संस्करणमा भने ६६ लाख, २५ हजार १ सय ९७ बराबरको आय–ब्याय आर्थिक संयोजक गणेश प्रधानले प्रस्तुत गरे ।
उक्त संस्करणमा १० टिम सहभागी भएको र उपाधि त्रिभुवन आर्मीले हात परेको थियो । सो पत्रकार सम्मेलनमा तेस्रो संस्करणको सताक्षी गोल्डकप समेत हुने एन्फाको तालिका सार्बजनिक भएको जनाइएको छ । एन्फाको तालिका अनुसार आगामी फागुन १ गतेबाट १० गते सम्म झिलझिलेमा हुने उल्लेख छ ।
Comments