Sajhamanch Archive

तेस्राे स्थानका लागि भिड्दै : बेल्जियम र इंग्ल्याण्ड

Published: (Updated: ) in खेलकुद by .

विश्वकप फुटबलअन्तर्गत शनिवार तेस्रो स्थानका लागि बेल्जियमविरुद्ध इंग्ल्याण्ड मैदानमा उत्रिँदैछ।

समूह जीमा रहेका दुवै टोलीले समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिस्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो।  त्यसैले समूह चरणमा इंग्ल्याण्ड समूह चरणको हारको बदला लिने दाउमा पनि रहनेछ।

शनिवार हुने यी दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समय अनुसार पौने ८ बजे हुनेछ।

२८ वर्षपछि विश्वकपको सेमिफाइनल पुगेकोे इंग्ल्याण्डको फाइनल यात्रा तय गर्ने बाटो क्रोएसियाले २–१ ले रोकेको थियो। यस्तै सन् १९८६ मा पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको बेल्जियमको पहिलो पटक फाइनल पुग्ने यात्रा फ्रान्सले रोकेको हो।

फुटबल इतिहासमा इंग्ल्याण्ड बेल्जियमविरुद्ध सधैँ हावी हुँदै आएको छ। जारी विश्वकपको समूह चरणमा इंग्ल्याण्डविरुद्ध बेल्जियमले निकालेको जित ८२ वर्षपछिको पहिलो जित थियो।

बेल्जियमले यसअघि सन् १९३६ मा भएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डलाई ३–२ ले हराएको थियो।  प्रतियोगिताको उपाधिका फ्रान्स र क्रोएसियाबीच आइतबार नेपाली समयअनुसार पौने ९ बजे मस्कोस्थित लुज्निकी रङ्गशालामा खेल हुनेछ।

– एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *