Sajhamanch Archive

डा. केसीद्वारा स्वास्थ्य जाँच अस्वीकार : अवस्था थप जटिल

Published: in समाज by .

जुम्ला । १५ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. केसीले सत्याग्रह सुरु गरेको लामो समय वितिसक्दा पनि सरकारले चासो नदेखाएको र आफूले औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि कुनै चासो व्यक्त नगरेको भन्दै स्वास्थ्य जाँच गर्नसमेत अस्वीकार गरेका हुन् ।

उनले सरकारप्रति आक्रोस व्यक्त गर्दै अब स्वास्थ्य जाँचसमेत नगराउने बताएका हुन् ।

रगत परीक्षण गर्न गएका चिकित्सकहरुसँग भावुक हुँदै डा. केसीले आफ्नो स्वास्थ्य परीक्षण नगर्न आग्रह गरे ।

सरकारले डा. केसी काठमाडौं आएपछि मात्रै वार्ता हुन सक्छ भन्नु पुनः झुक्याउने चाल मात्र हुनसक्ने भन्दै उनले आशंकासमेत व्यक्त गरे ।

डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै गुल्कोजको मात्रा एकदमै न्यून रहेको र मस्तिष्कमा रक्तसञ्चार निकै कम रहेको डा.रोकायाले बताए ।

– इमेजखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *