Sajhamanch Archive

सामाजिक सञ्जालमा रियल मड्रिडको २२३ मिलियन फलोअर्स

Published: in खेलकुद by .

विश्वका चर्चित फुटबल क्लबहरुमा सामाजिक सञ्जालमा कुन क्लबलाई धेरैले फलो गर्छन् भन्ने होडबाजी चलिरहन्छ ।

सामाजिक सञ्जालमा फुटबल क्लबलाई फलो गर्नेको पहिलो नम्बरमा स्पेनी क्लब रियल मड्रिड रहेको छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्राममा गरी रियल मड्रिडको २२३ मिलियन फलोअर्स रहेको छ ।

त्यस्तै दोस्रो नम्बरमा स्पनेकै अर्को चर्चित क्लब बार्सिलोना रहेको छ । बार्सिलोनालाई सामाजिक सञ्जालमा २१३ मिलियनले फलो गरिरहेका छन् । तेस्रो नम्बरमा भने इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड छ, जसलाई सामाजिक सञ्जालमा १२५ मिलियनले फलो गरेका छन् ।

८१ मिलियन फलोअर्ससँगै इंग्लिस प्रिमियर लिगको चेल्सी चौथो नम्बरमा छ भने पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेको इटलियन सिरी ए को युभेन्टस रहेको छ ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *