Sajhamanch Archive

अध्यक्ष शाहको अभिव्यक्तिप्रति सांसद साँवाको सचिवालयको आपत्ति

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

झापा । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले केही दिन अघि दिएको अभिव्यक्तिप्रति सांसद साँवाको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ । क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुको सचिवालयले पत्रकार भेटघाट गर्दै उक्त अभिव्यक्तिको खण्डन गरेको हो ।

गाउँपालिका अध्यक्ष शाहले फरक आस्था भएका कारण केन्द्रीय स्तरका विकासका योजना नदिएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै सांसद साँवाको सचिवालयले त्यस्तो नभएको बताएको हो । शिवसताक्षीको दूधेको सम्पर्क कार्यालयमा सांसद साँवाको स्वकिय सचिव सिकिन पासवानले झापा गाउँपालिकामा केन्द्रीय तथा प्रदेश सरकारबाट करोडौको बजेट विनियोजन भएको बताए ।

अघिल्लो आ.व.मा संघीय मामिला तथा समान्य प्रशासन तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत सानो माई नदिमा पुल निर्माणका लागि २ करोड विनियोजत बजेट गाउँपालिकाले काम नगरेका कारण फ्रिज भएको सचिव पाशवनले जानकारी दिए । उनका अनुसार अघिल्लो आ.व.मा केन्द्रीय स्तरबाट झापा गाउँपालिकामा ९ करोड ५० लाख बजे विनियोजन भएको थियो । त्यस्तै आ.व. २०७६÷७७मा ११ शिर्षकमा केन्द्रिय स्तरका योजना विनियोजन भएको जनाइएको छ भने राष्ट्रिय गौरवका योजनामा संघीस सरकारद्वारा सञ्चालित हुलाकी राजमार्ग झापा गाउँपालिकामा १ अर्व ६० करोड विनियोजित बजेटको ठेक्क प्रकृया टुंगी सर्वे सम्म सकिएको यसै माघ महिना भित्रमा भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्न नेम्वाङ्गको हातबाट शिल्यान्यास गरिने समेत सचिव पाशवनाको भनाई छ ।

त्यस्तै अमरपद सडक सुरुङ्गा, शर्णामती झापा बजारहुँदै भारतको सिमाना डिगलबैंकसम्मको सडक करिव १ अर्व बजेटमा २.५ किमी ४ लेन तथा २५ कि.मी २ लेनको सडक निर्माण जारी रहेको बताइएको छ ।

सांसद सचिवालयले अध्यक्ष शाहको अभिव्यक्तीप्रति कुनै सत्यता नरहेको जनाएको छ । सचिवालयले गाउँपालिका अध्यक्ष शाहले जनतालाई हरेक तरिकाबाट भ्रम छर्ने काम भएको भन्दै उनको अभिव्यक्तिको पछाडी नलाग्न आग्रह गरेको छ । झापा गाउँपालिकामा विशेष गरी आदिवासी, मधेशी, अल्पसख्यक मुस्लिम समुदायहरुको बाहुल्य भएका कारण पनि विभिन्न शिर्षक संघीय सांसद एल.पी साँवा लिम्बुको पहलमा धेरै योजनाहरु परेको सचिव पाशवानले जानकारी दिए । संघीय सरकारबाट सन्थाल आवास निर्माणको लागि करोडौको लागत निर्माण भएका भवनहरु गाउँपालिकाले पूर्ण रुपमा सम्पन्न नगरी लथालिङ्ग अवस्थामा रहेको बताइएको छ । संघीय सरकारबाट आएका बजेटहरुलाई वेवस्था गर्दै अध्यक्ष साहले गाउँपालिकाबाटै काम गरेको सचिव पाशवानको भनाई छ । संघीय सरकारले झापा गाउँपालिकालाई विभेद गर्र्यो भन्ने भनाईप्रति नलाग्न संघीय संसादको सचिवालयले गाउँपालिकाबासीलाई आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *