Sajhamanch Archive

मौरीबाटै विष उत्पादन

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ ।

‘मौरीको संरक्षण गर्ने हतियार खिल’ अर्थात ‘वि–भेनम’ संकलन सुरु गरेका छौँ,’ सञ्चालक प्रोफेसर डा. खेमराज न्यौपानेले भने, ‘खिल खाद्य वस्तु होइन, तर कैयन रोगको उपचार गर्ने औषधि बनाउन उपयोग हुन्छ ।

’ उनका अनुसार १० हजार मौरीबाट १ ग्राम ‘वि–भेनम’ संकलन गर्न सकिन्छ । १ ग्राम भेनम संकलन गर्न ३ दिन लाग्छ । १८ देखि २० दिनका कर्मीमौरीमा विष ग्रन्थी विकास भएको हुन्छ । शत्रुलाई आक्रमण गर्ने क्रममा टोक्दा ‘खिल निकाल्छ । वि भेनमको मूल्य २५ देखि ३० लाख पर्छ । इन्जेन्सन, पाउडर, क्रिम आदिमा वि भेनम प्रयोग हुन्छ ।

नेपालमा हालसम्म वि भेनमको व्यवसायीक उत्पादन भएको छैन । नसा, मुटु, वाथजस्ता रोगको उपचारमा वि भेनम प्रयोग हुन्छ । कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *