Sajhamanch Archive

सिम्रिकका सदस्यलाई घरघरमै राहत हस्तान्तरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, सहकारी by .

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको धुलाबारी शाखाले झापा र इलामको सिमना बेंशीबजारमा रहेका आफ्ना शेयर सदस्यको उपचार खर्चवापत २७ हजार ७०० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ ।

सो सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको घरदैलोमा नै पुगेर मंगलबार राहत रकम प्रदान गरेको सेवा केन्द्र प्रमुख फणिन्द्रप्रसाद भट्टराईले बताए । यसरी उपचार सहयोग र राहत पाउनेहरुमा मुना गुरुङ, फूलमाया पौडेल, गीता सुनुवार र साइका लुङ्गेली छन् ।

श्रीमानको पत्थरियाको अप्रेसन गरिएकाले उपचार खर्च वापत गुरुङलाई १० हजार ५७५ रुपैयाँ र छोराको उपचार खर्च बापत पौडेललाई ८ हजार ७५० रुपैयाँ प्रदान गरिएको छ ।

यसरी नै गीता सुनुवारका ससुराको दूर्घटना परेर उपचार गराउनु परेकाले उपचार राहत बापत ६ हजार ८७५ रुपैयाँ र साइका लुङ्गेलीलाई सुत्केरी सुविधा बापत १ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *