Sajhamanch Archive

सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा ताइवानका प्रधान सेनापति बेपत्ता

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

ताइपेइ । ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति बेपत्ता भएका छन् ।

वायु सेनाका प्रमुख समेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण भएको थियो । सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए ।

हेलिकप्टरको आकस्मिक अवतरणपछि उद्धार कार्य थालिएको थियो । हेलिकप्टरमा सवार केहीलाई जीवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङसहित तीन जना फेला नपरेको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । उद्धार कार्य जारी छ ।

हेलिकप्टर किन आकस्मिक अवतरण गर्नुपर्‍यो भन्ने कारण खुल्न सकेको छैन । जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा मतदानको एक साताअघि यो दुर्घटना भएको हो । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *