Sajhamanch Archive

बग्दादमा अमेरिकाको हवाई आक्रमण, इरानी फौजका कमाण्डर मारिए

Published: in विविधा by .

अमेरिकी सेनाले इराकको बग्दाद विमानस्थलमा गरेको हवाई हमलामा इरानी फौजको विशेष दस्ता ‘क्विड’का प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ’राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ । इरानको रिभोलुश्नरी गार्ड्सले पनि सुलेमानीको मृत्यु भएको पुष्टि गरेको छ ।

घटनामा इराकको विद्रोही समहु बताईब हिजबुल्लाहका कमाण्डर अबु महदी अल–मुहांदिस पनि मारिएको बताईएको छ ।

समाचारहरूमा अमेरिकी सेनाले इराकका केही विद्रोही नेताहरूलाई नियन्त्रणमा लिएको भनिएपनि त्यसको पुष्टि भएको छैन ।

बग्दादमा रहेको अमेरिकी राजदूतावासलाई केही प्रदर्शनकारीले घेरा हालेको र अमेरिका सेनासँग मुठभेड भएको केही दिनपछि यो आक्रमण भएको हो ।

सन् १९९८ देखि सुलेमानीको नेतृत्वमा रहेको इरानको क्विड नामक विशेष दस्ताले देश बाहिर गोप्य गतिविधिहरू गर्दै आएको थियो ।

जनरल सुलेमानीले सिरियामा बसार अल असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको संघर्षमा विशेष भूमिका खेलेका थिए ।(एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *