Sajhamanch Archive

डा. पुनको आविष्कार केन्द्र निर्माणका निम्ति अष्ट्रेलियाका नेपालीद्वारा २ लाख सहयोग

Published: (Updated: ) in अर्थतन्त्र, परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by .

समृद्ध नेपाल र सुखी नेपालीको लागि एक मात्र आधार स्वदेशी उत्पादन हो । यस्ता उत्पादनहरुको निम्ति खोज तथा अनुसन्धान गर्ने केन्द्र अत्यावश्यक छ ।

यो आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय आविष्कार केन्द्र निर्माण गर्न अभियान चलाई रहेका डा. महाविर पुनको साथलाई अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायले आर्थिक रुपमा समर्थन गरेका छन् ।

यस अभियानमा साथ दिन जेनियून् एजुकेशन एण्ड भिसा सर्भिसेजका प्रमुख सुमन देउजा (स्याम नेपाली) को संयोजकत्वमा अष्ट्रेलिया (मेल्वर्नमा) मा बस्दै आएका नेपाली समुदायले आर्थिक सहयोग गरेका हुन् ।

अनुसन्धानको कार्य निकै नै जटिल भएपनि आविष्कार केन्द्र निर्माण तथा सञ्चालनका निम्ती अग्रिम शुभकामना व्यक्त गर्दै जेनियून् एजुकेशन एण्ड भिसा सर्भिसेजका प्रमुख सुमन देउजाले संकलित रकम २००१५० जेनियून् एजुकेशनका निर्देशक लक्ष्मी खनाल मार्फत डा. पुन समक्ष हस्तान्तरण गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *