Sajhamanch Archive

प्रविधि सँगसगै अघि बढ्दै शिखर साकोस

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सुविधालाई मध्यनजर गरेर थप प्रविधियुक्त सेवाको शुभारम्भ गरेको छ ।

शिखर साकोसले आजदेखि क्यु आर कोड पेमेन्ट सिस्टम (QR  code payment system) को सुरुवात गरेको हो ।

उक्त प्रविधिको बारेमा हाम्रो टेक्नोलोजीका सञ्जय महासेठले सहजीकरण गरेका थिए । उनले बैंककिङ, युटिलिटी बिल प्यामेन्ट, फिङर प्रिन्ट इनाबिल्ड, लोड वालेट, क्युआर कोड पेमेन्ट, कार्डलेश एटीएम, बैंक ट्रान्सफर, एप नोटिफिकेसन लगायतका बारेमा बताएका थिए ।

साथै प्रेमियम टेक्नोलोजीका सुबिन शाक्यले शिखरले प्रयोग गरेको सफ्टवेयरका बारेमा बताएका थिए ।

“प्रविधि सँगसगै शिखर साकोस” नारा लिएर अघि बढेको संस्थाले यस अघि मोबाइल बैकिङका विभिन्न सुविधाहरु सञ्चालामा ल्याएको अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

सहकारीमा हाल ४ करोड ८७ लाखको शेयर पुँजी रहेको छ भने ८ हजार ९६ शेयर सदस्य रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *