Sajhamanch Archive

दमकले हात पार्यो झापा गाउँपालिका कप भलिबलको उपाधि

Published: in खेलकुद by .

शरणामती । झापा गाउँपालिका अध्यक्ष कप भलिबल कपको उपाधि दमक नगरपालिकाले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा दमकले बिर्तामोडलाई हराउदै उपाधि जितेको हो । दमकले अध्यक्षकपको उपाधिसँगै नगद १ लाख १ हजार ११ रुपैँया हात पारेको छ । दोस्रो भएको बिर्तामोडले नगद ७१ हजार १ सय ११ रुपैँया शिल्ड र ट्रफि हात पारेको छ । प्रतियोगितामा तेस्रो बनेको संखुवासभाको सभापोखरी गाउँपालिकाले नगद २१ हजार १ सय ११ रुपैँया पाउँदा चौथो भएको आयोजक झापा गाउँपालिकाले १० हजार १११ रुपैँया पाएको थियो ।

बिजयी हुने सबै टिम तथा खेलाडीलाई झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाह, उपाध्यक्ष कुन्तीदेवि बुडाथोकी, वडानम्बर ६ का वडाध्यक्ष हरिबहादुर बानिया, ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली सचिव प्रेम प्रसाई लगायातले नगद तथा पुरस्कार प्रदान गरे ।

फाइनल खेलमा दमकले बिर्तामोडलाई १२÷२५,१२÷२५ र २२÷२५ ले हराउँदै उपाधि हात पारेको हो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी दमकका प्रकाश लिम्बु भए उनले नगद १० हजार रुपैँया पाए । प्रतियोगिताको उत्कृष्ट लिफ्टर दमकका मुस्कान लिम्बु, उत्कृष्ट सरभर टेम्के मयुंङ भोजपुरका सरोज राई , सर्वाेकृष्ट डिफेन्स आयोजक झापा गाउँपालिकाका गणेश कटुवाल, ब्लकर रोहित शिवाकोटी झापा गाउँपालिका, उदयमान खेलाडी बिर्तामोडका विज्ञान डाँगी र बेष्ट स्पाइकर सभापोखरी संखुवासभाका प्रदिप कट्टेल भए । उनले नगद ५ हजारका दरले पुरस्कार प्राप्त गरे ।

फाईनल खेलअघि झापा गाउँपालिका र कमल गाउँपालिकाको महिला टिमविच मैत्रीपुर्ण भलिवल खेल भएको थियो । जसमा कमल गाउँपालिका बिजयी भएको थियो ।

सोही कार्यक्रमका विच स्थानीय शरणामतीको खेल मैदानमा भलिबल खेलेर राष्ट्रीय प्रतियोगितासम्म खेल्न सफल दुई जना खेलाडीहरु राजेन्द्र श्रेष्ठ र मदनकुमार बस्नेतलाई सम्मान समेत गरिएको थियो । जनतामाविको खेल मैदानमा पुस १४ गतेदेखि १९ गतेसम्म भएको प्रतियोगितामा झापा सहित प्रदेश नम्बर एकका २२ टिमको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *