Sajhamanch Archive

विमानस्थलबाट सुनसँगै हिरा पनि समातियो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ५०० ग्राम सुन समातिएको छ ।

भारतीय नागरिक कोताकुथ किजजाकेथिल नौसादको साथबाट प्रहरीले सुन समातेको हो । युएईको सारजाबाट काठमाडौँ आउँदै गरेका नौसादलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको विमानस्थलका एसएसपी राम कृपाल साहले बताए ।

यस्तै विमानस्थलबाट २०० ग्राम हिरासहित एकजना पक्राउ परेका छन् । मलेसियाबाट नेपाल आएका भारतीय नागरिक मोहम्मद म्यादिन स्थलीको साथबाट हिरा बरामद भएको प्रहरीले जनाएको छ ।

भन्सार कटिसकेका साथलीमाथि शंका लागेर केएमसी अस्पतालमा लगेर मेडिकल गराउँदा पेटमा हिरा लुकाएर ल्याएको भेटिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

विमानस्थलबाटै पछिल्लो ६ दिनमा ५ किलो सुन बरामद भएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *