Sajhamanch Archive

पानी जमेको खाल्टोमा डुबेर दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

महोत्तरी । महोत्तरीको इँटा उद्योगमा पानी जमेको खाल्टोमा डुबेर दुई जना बालकको ज्यान गएको छ ।

औरही नगरपालिका वडा नंं.९ इनर्वामा सञ्चालित डीएमडी इँटा उद्योगमा रहेको पानी जमेको खाल्डोमा डुबेर दुई जना बालकको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा रौतहट चन्द्रपुर नगरपालिका वडा नंं. २ मा रहेको जुडिबेलाको माझीटोलका विक्रम कुशवार माझीको तीन वर्षीय छोरा तितश कुशवर माझी र त्यही ठाउँका अर्जुन कुशवरका दुई वर्षीय छोरा अनिष कुशवर रहेका छन् ।

साँझको समयमा खेल्ने क्रममा पानीमा डुबेका ती बालकको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

विक्रम र अर्जुन सपरिवार केही महिनादेखि त्यही इँटा उद्योगमा मजदुरको रुपमा कार्यरत थिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *