Sajhamanch Archive

सिम्रिक साकोसले गोलधाप सेवाकेन्द्रमा कृषि प्राविधिक तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । झापा जिल्लाभर कार्य क्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गोलधाप सेवाकेन्द्रमा कृषि प्राविधिक तालिम सञ्चालन गरेको छ । शिक्षा उपसमितिका सदस्य मेहरमान विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन रहेका थिए ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको संक्षिप्त जानकारी दिनुका साथै तालिम आयोजना गर्नुको उद्देश्यका बारेमा प्रष्ट पारेका थिए । उक्त तालिममा पशु सम्बन्धि तालिमको विष्णुप्रसाद भट्टराई र कृषि सम्बन्धि तालिमको बारेमा राजेन्द्रप्रसाद कडरियाले सहजीकरण गरेका थिए ।

तालिममा पशुमा रोग लाग्नुका कारण तथा रोग लाग्नबाट बच्ने उपायका बारेमा बताएका थिए भने कृषि प्राविधिक कडरियाले पछिल्लो समय कृषि क्षेत्रमा देखिएका समस्या र निराकरणका बारेमा बताएका थिए । सोही कार्यक्रममा गोलधाप सेवाकेन्द्रका चार जना शेयर सदस्यहरुलाई विभिन्न समयमा भएका घटनाका आधारमा राहत रकम समेत प्रदान गरिएको थियो ।

संस्थाका तालिम उपसमिति सदस्य इन्द्रबहादुर कार्कीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *