Sajhamanch Archive

तीन तहका सरकारबीच समन्वय र संवाद हुन सकेन :मुख्यमन्त्री राई

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारबीच कानुन निर्माणमा समन्वय हुन नसक्दा विकास प्रभावित बनेको बताएका छन् ।

नेपाल नगरपालिका संघ संघले आज विराटनगरमा गरेको अन्तर सरकार–संवाद कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘‘समन्वय अभावमा तीन लेयर सरकारको संघीयताको गाडी तीव्र गतिमा दौडन सकेको छैन । अब आसपी मेलमिलापमा गाडीलाई तीव्र गतिमा दौडाउनुपर्छ ।’’ मुख्यमन्त्री राईले साझा अधिकारको सूचीमा रहेका कानुन छिटोभन्दा छिटो बनाउन ध्यान केन्द्रित हुनुपर्ने भन्दै तीन तहका सरकारबीच समन्वय र संवाद हुन नसकेको प्रस्ट्याए ।

‘‘त्यही भएर प्रस्ट कानुन बन्न सकेका छैनन् । एउटै उद्देश्यमा केन्द्रित हुनुपरेको छ त्यो विकास हो,’’ उनले भने, ‘‘अहिले पनि संघीय सरकारसँग कानुन निर्माणको विषयमा बारम्बार ध्यानाकर्षण गर्ने काम गरिएको छ ।’’ मुख्यमन्त्री राईले प्रदेशको प्रदेशले, संघको संघले र स्थानीय तहले बनाएको कानुनका विषयमा पनि समस्या देखिएको बताउँदै राईले एकल अधिकारसँग सम्बन्धित कानुन पनि बनाउन नसकिएको बताए । भने, ‘‘कतिपय संघले बनाएर बाटो खोलिदिनु पर्नेछ । संवादहरूको निरन्तरता हुनुपर्छ ।’’

मुख्यमन्त्री राईले तीन तहका सरकारबीच आपसी समन्वयमा मात्र सफलता मिल्ने बताउँदै एकल अधिकारअन्तर्गतका कानुन बाझिने र हस्तक्षेप भएको अवस्था आएको सुनाए । भने, ‘‘साझा अधिकारका कानुन बनेको छैन । बाटो खुलेकै छैन । फुलफेजमा काम गर्न सकिएको छैन । सहज बाटो निर्माणका लागि र कानुन निर्माणमा अब गति दिनुपर्छ । आपसी परामर्श गरी बनाउन जरुरी छ ।

कानुन बनाउँदा हेक्का राख्नुपर्छ ।’’ स्थानीय तहका पदाधिकारीको पारिश्रमिकसम्बन्धी कानुन बनाउँदा राईले अन्य ६ वटा प्रदेश चुकेको तर प्रदेश १ ले बनाएको कानुनमा भने समस्या नदेखिको उदाहरण दिए । उनले संघीयता खराब हो भने कोकोहोलो मच्चाउने र संघीयता नरुचाउनेले अफवाह फैलाउने काम गरेको बताए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *