Sajhamanch Archive

जनताका नेताले प्रतिनिधि छान्नुहोस् पार्टीका नेता नबन्न आग्रह : राष्ट्रियसभाका उमेदवार घिमिरे

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । राष्ट्रियसभाका लागि नेपाली काङ्ग्रेसका उमेदवार राजेन्द्र घिमिरेले जनताका नेताले प्रतिनिधि छान्नुहोस् पार्टीका नेता नबन्न आग्रह गरेका छन् ।

आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि नेपाली कांग्रेसबाट उमेदवारी दर्ता गराएका घिमिरेले आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्र निर्दसनका लागि हो वा सहकार्यका लागि हो भनी प्रश्न समेत गरेका छन् ।

घिमिरेले विधि निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने भएकाले लुकेर होइन खुलेर मतदान गर्न आग्रह गरे ।

उनले भने निती निर्माण मात्र भएर भएन, कार्यान्वयनको दिशामा त्यसलाई लिएर जान छलफल चलाउन पनि एकलौटी नहोस् भन्ने जिकिर गरे साथै सामाजिक व्यक्तिको प्रतिनिधित्व राष्ट्रिय सभामा हुनु जरुरी रहेको बताए ।

घिमिरले राजनितीक दलभन्दा पनि जसले समाजको वर्तमान अवस्थालाई बुझेको छ, उसले मात्र समाजलाई सम्वृद्धिको दिशामा लैजान सक्ने भएकाले आफू उमेदवार बनेको बताए ।

त्यसैगरी प्रदेश १ बाट नेपाली काङ्ग्रेसले राष्ट्रिय सभामा दलित तर्फबाट पाँचथरका नीरबहादुर विक र महिलाबाट सुनसरीकी मीना पुलामी मगरलाई उमेदवार बनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *