Sajhamanch Archive

बस दुर्घटना हुँदा १८ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् भने पाँचको अवस्था गम्भीर छ।

सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको गाडी दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ।

आज बिहान छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका वडा नं.११ को बालुवा संग्रही नजिक दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते हुनेमा चालक सुर्खेत भेरीगंगा न.पा छिन्चुका प्रकाश शर्मा, सुर्खेत भेरीगंगा न.पा ९ जरेकोका शान्तकुमार तिरुवा, सशस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिरेन्द्रनगर न.पा १२ का होम पङ्गाली, सल्यान बनगाड कुपिण्डे न.पा १ का अनिष बिश्वकर्मा र जाजरकोट छेडागाड न.पा ९ का भगवती उपाध्यक्ष रहेका छन्।

अन्य घाइते हुनेहरुमा सह चालक जाजरकोट छेडागाड न.पा १ का गोपाल वड, जाजरकोट सल्माका पदम रावत, सल्यान बनगाड कुपिण्डे न.पा ३ का वडा सदस्य भिमबहादुर बुढाथोकी ,सल्यान शारदा नगरपालिका १ श्रीनगरका भुमबहादुर बुढाथोकी ,सल्यान शारदा न.पा श्रीनगरका गौतम बुढाथोकी रहेका छन्। यस्तै ज्वालादल गण बेश क्याम्प लमजुङकमा कार्यरत पुर्ण ब सुनार, काठमाडौंका रजनी श्रेष्ठ , काठमाडौकै अनिशा मानन्धर, सल्यान बनगाड कुपिण्डे न.पा १ का सन्देश पुन , बनगाड कुपिण्डे न.पा १ का गंगा बिश्वकर्मा, जाजरकोट कुसे गाउँपालिका ५ का दलबहादुर रोका, रसुवाकी मालती आचार्य, रुकुम चौरजहारी न.पा ४ का बिजय दर्लामी, रहेका छन्।

घाइते सबैलाई उपचारको लागि नेपालगन्ज उपचारको लागि लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ।

गाडीमा ६ महिला २ बच्चा र १० जना पुरुष रहेका थिए। गाडी स्पिड धेरै भएकाले ओरालोमा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

थाहा खबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *