Sajhamanch Archive

इरानले मिसाइल आक्रमण गरेर बोइङ दुर्घटना गराएको आरोप

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

पश्चिमी नेताहरुले इरानले मिसाइल आक्रमण गरेर युक्रेनको बोइङ दुर्घटना गराएको आरोप लगाएका छन् । राजधानी तेहरान नजिकै दुई दिनअघि भएको दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो । क्यानडा र बेलायतका नेताहरुले उक्त दुर्घटनाको प्रभावकारी रुपमा छानविन गर्न मागसमेत गरेका छन् । इरानले आफ्नो प्रतिरक्षा प्रक्षेपणबाट मिसाइल हमला नगरेको दाबी गरेको छ ।

उसले आफूमाथि लगाइएको आरोपको खण्डनसमेत गरेको छ । इरानले अमेरिकी सेना बस्ने दुई वटा एयर बेसमा हमला गरेको केही समयमै यो दुर्घटना भएको थियो । अमेरिकी सेनाले ड्रोन आक्रमण गरेर इराकी सेनाका उच्च अधिकारी कासेम सोलेमानीको हत्या गरेपछि दुई देशबीच तनाव उत्पन्न भएको छ।

सोलेमानीको अन्त्येष्ठि गरेलगत्तै बगदादस्थित अमेरिकी सेनाको बेसक्याम्पमा रकेट हमला भएको थियो । यसैबीच अमेरिकासँग तनाव बढेसँगै इरानले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स र उडानका रेकर्डहरु बोइङ विमान निर्माता कम्पनी वा अमेरिकालाई हस्तान्तरण नगर्ने स्पष्ट पारेको बीबीसीले जनाएको छ ।

तर इरानको विदेश मन्त्रालयले भने दुर्घटनाको आधिकारीक रुपमा अनुसन्धानमा भाग लिन भने आह्वान गरेको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *