Sajhamanch Archive

भरुवा बन्दुकको छर्राले लागेर घाइते भएका घर्तीको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बागलुङ । बागलुङको तमान खोलामा आफ्नै भरुवा बन्दुकको छर्राले लागेर घाइते भएका एक व्यक्तिको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ।

तमानखोला गाउँपालिका वडा नंं.१ बोंगादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीको बिहिबार राति उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घरछेउको जंगलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहिबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लागेर घाइते भएको स्थानीयको भनाइ छ। उनको बाँया हात, खुट्टा र पिडौंलामा चोट लागेको थियो। घटना लगत्तै स्थानीयले घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बिहिबार राति पौने नौ बजे अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले बताए।

घटनाको बिषयमा प्रहरिले अनुसन्धान थालेको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङबा प्रहरी टोली खटाई अनुसन्धान थालिएको भट्टराईले जानकारी दिए।

घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए नभएको बिषयमा समेत प्रहरीले खोजी थालेको छ। बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका बिषयमा पनि अनुसन्धान सुरु भएको उनले बताए।

थाहा खबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *