Sajhamanch Archive

घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक पंजियारविरुद्ध विशेष अदालतमा मुद्धा दायर

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक कालीचरण पंजियारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत सेवाग्राहीसँग १५ हजार घुस लिएको भन्दै धनुषाको इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) मा कार्यरत पंजियारविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

क्षतिपूर्ति दिलाइ दिएवापत घुस मागेको भन्ने सूचनाको आधारमा पंजियारलाई नियन्त्रणमा लिएर आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा पंजियारले घुस लिएको तथ्य फेला परेकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको माग दाबीसहित आज मुद्धा दायर गरिएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *