सहिद लक्ष्मी बन्यो नमुना
Published: (Updated: )
by .विर्तामोड। विर्तामोड ९ मा रहेको सहिद लक्ष्मी नमुना प्राथमिक विधालयमा आएको परिवर्तनले अभिभावक मात्र नभएर जनप्रतिनिधि पनि खुशी छन् । एक वर्षअघि ३७ जना विधार्थी रहेको विधालय अहिले नगरको नमुना विधालय बनेको छ । हाल विधालयमा १६९ जना विधार्थी अध्ययन गरिरहेका छन् । ‘सबैको सामुहिक पहलबाट विधालयको अवस्थामा सुधार भएको छ’, झापा निर्वाचन क्षेत्र नम्वर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर १ का सांसद एकराज कार्कीले सबैको प्रयास र अभिभावकहरुको बिद्यालय प्रतिको मायाले नमुना विधालय बनाउन सक्रिय भएका छौं ।’
विधालयमा शुक्रबार आयोजित कार्यक्रममा ३० लाख रुपैयाँको लागतमा निर्मित विधालयको तीन वटा कोठा भएको भवनको सांसद कार्की र विर्तामोडका मेयर धुर्व शिवाकोटीले उद्घाटन गरे। विधालयको सुधारका लागि कुनै कसर बाँकी नराख्ने नगर प्रमुख शिवाकोटीले बताए। ‘विधालयका लागि गाडी ल्याउन सबै प्रक्रिया सकिएको छ, भन्सार छुटको चिठ्ठी पनि ल्याईसकिएको सांसद कार्कीले जानकारी दिए। ‘भौतिक संरचना निर्माणका लागि हामी लागेका छौं, शिक्षाको गुणस्तर सुधार्न सबै शिक्षक लाग्नु पर्छ ।
यहाँ पढाउने शिक्षकले आफ्ना छोरोछोरी आफुले पढाउने स्कुलमै पढाए शिक्षामा सुधार हुन्छ । शैक्षिक यात्री अर्जुन भट्टले शिक्षकलाई पढाउन र विधार्थीलाई पढ्न वातावरण तयार गरेकाले पनि सहिद लक्ष्मी प्राथमिक विधालय नमुना उन्मुख भएको बताए। स्कुल नमुना बने संगै वडाबासी उत्साहित बनेको विर्तामोड–९ वडाअध्यक्ष पवित्रा पाठकले बताइन् ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद चौलागाईंको अध्यक्षतामा भएको समारोहमा विर्तामोड नगरका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, अधिकृत देवराज कार्की, शिक्षा अधिकृत तिलचन भण्डारी लगायतले विधालयको शैक्षिक र भौतिक सुधारको प्रशंसा गरेका थिए। सहिद लक्ष्मी प्राविमा अहिले अंग्रजी माध्यमबाट पठनपाठन शुरुगरिएको प्रधानाध्यापक वीरेन्द्र वुढाथोकीले जानकारी दिए।
Comments