Sajhamanch Archive

कलवलगुरी कृषि सहकारी र एकल महिला बहुद्देश्यीयको साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by .

भद्रपुर । भद्रपुर १० चन्द्रगढीको केन्द्रमोड स्थित कलवलगुरी कृषि सहकारी संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

सहकारीका अध्यक्ष भीम दाहालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा जेष्ठ नागरिक सम्मान, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋण कारोवारी, उत्कृष्ट सन्तति सम्मान लगायत कार्यक्रमका साथ सभा सम्पन्न गरिएको हो ।

सभामा अध्यक्ष दाहालले वार्षिक गतिविधि तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २२ लाख १ हजार ९ सय ८७ रूपैया आम्दानी तथा २० लाख ४ हजार ६ सय ११ रूपैया सञ्चालन खर्च विवरण सहित १ लाख ९२ हजार ६ सय ७६ रूपैया खुद नाफा विवरण प्रस्तुत गरेका थिए । अध्यक्ष दाहालले कृषिमा यान्त्रिकीकरणको माध्यमबाट व्यवसायिक रूपान्तरण गर्न धान सुपरजोन इकाइ, भद्रपुर नगरपालिका र कृषि ज्ञान केन्द्र झापा मार्फत कार्य गरिरहेको विवरण प्रस्तुत गरेका छन् ।

उपाध्यक्ष अम्बिकाप्रसाद ढकालले स्वागत गरेको कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष डिल्ली दाहाल, अग्रज पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगर सहकारी शाखा प्रमुख डिल्ली ढकाल, आग्र्यानिक खेतीका लागि अमृत मल अभियानका अभियानता भीम कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन सचिव कल्पना नेपालले गरेकी थिइन् ।

यसैबीच भद्रपुर १० चन्द्रगढी स्थित एकल महिला बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
सहकारीकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा अध्यक्ष अधिकारीले वार्षिक गतिविभि तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १२लाख २८ हजार ५ सय ९७ कर्जा प्रवाह तथा २४ हजार २ सय ७९ रूपैया मुनाफा सहितको विवरण प्रस्तुत गरेकी थिइन् ।

उपाध्यक्ष तुलसा खतिवडाले स्वागत गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, एकता मूल कृषि सहकारीका सचिव शालिग्राम नेपाल, वैदिक बचतका गोविन्द खतिवडा, मेलमिलाप समिति सदस्य गोमा धिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *