Sajhamanch Archive

गुणस्तरहीन सामाग्री उत्पादन गर्ने अलकत्र फ्याक्ट्रीमा वाइसियलको ताला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

सुरुङ्गा । कनकाई नगरपालिका १ दुर्गापुरमा शिव निर्माण सेवाद्धारा सञ्चालित अलकत्र फ्याक्ट्रीमा तत्कालिन नेकपा माओवादी केन्द्र तथा हालको नेपाल कम्युनिष्ट्र पार्टीको भातृ संगठन वाइसिएल नेपाल झापाको टोलीले पुन तालाबन्दी गरिदिएको हो ।

यसअघि तत्कालिन एमाले निकट युवाको भातृ संगठन युवा संघले समेत सो अलकत्र फ्याक्ट्रीमा ताला लगाएको थियो । तर उद्योगको उत्पादनलाई गुणस्तर मापनका लागि पठाइने सहमति भएपछि दिनपछि ताला युवा संघका केन्द्रिय सदस्य पर्वतराज भण्डारीको रोहबरमा खुलाइएको थियो ।

तर गाउँमा भएको कालोपत्रे सडकमा समस्या अझै रहेको भन्दै बाइसिएल झापा तथा कनकाई नगर कमिटिको युवाको टोलीले अलकत्र फ्याक्ट्रीमा पुनः ताला लगाएको हो । वाइसिएल झापाका उपाध्यक्षद्धय कुमार आचार्य, गणेश मगर र कनकाई नगर अध्यक्ष कुमार रायको नेतृत्वको टोलीले अलकत्र फ्याक्ट्रीमा गुणस्तरको सामाग्री उत्पादन नगरिएसम्मका लागि ताला लगाइएको वाइसियल झापाका उपाध्यक्ष कुमार आचार्यले बताए ।

कनकाई नगरपालिका वडा नं. ८ मा रहेको लक्ष्मीपुर क्षेत्रको हिमाली सडक, बुद्धशान्तिको जयपुर , शिवसताक्षीको धरमपुर लगायातका सडकमा कालोपत्रे भएको केही दिन नभई सडक उक्किएको तथा पिचमै मोथेको झार उम्रिएको पाइएको वाइसिएल झापाका उपाध्यक्ष आचार्यले बताए ।

यस अघिको युवा संघले के कारणले ताला लगायो र के कारणले खोल्यो आफ्नो संगठनलाई केही जानकारी नभएको तथा जन जिविकासँग सम्बन्धित सरोकारवाला सडक , बाटो विकास निर्माण लगायातका कामहरु गुणस्तरहिन गरिएको पाइएमा आफ्नो संगठनले खबरदारी गर्नु पहिलो दायित्व भएको आचार्यले बताए ।

वाइसियलले खराब गतिविधि गर्ने कम्पनीलाई सचेत गराएको तत्कालिन माओवादी केन्द्रका क्षेत्रिय इन्चार्ज तथा हाल कम्युनिष्ट पार्टीका नेता गोपाल प्रसाइले जानकारी दिए । निर्माण सेवाद्वारा अलकत्र उत्पादन गर्दा अलकत्रको गन्धले असर गरेको र त्यसको विरोध गर्दा विकास निर्माण मै असर पर्ने भन्दै हामीले विरोध नगरेको स्थानीय बासी बताउँछन् । यस कम्पनीबाट उत्पादित सामाग्रीमै गुणस्तर गुणस्तरहिन भएपछि युवा समूहले ताला लगाएको जानकारी आएको प्रसाइले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *