पाँचथर जिल्लामा अहिले सम्मकै बढी बजेटः मन्त्री आङ्बो
Published:
by .फिदिम । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले पाँचथर जिल्लामा सरकारको पक्षबाट अहिले सम्मकै बढी बजेटको व्यवस्था गरिएको दावी गरेका छन् । उनले पाँचथरमा ७० करोड बढी बजेट छुट्याइएको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ शाखा पाँचथर शाखाको भवन आज शिलान्यासको क्रममा पाँचथरमा भौतिक पुर्वाधार निर्माणकालागि पहिलो पटक यति धेरै बजेट रकम निनियोजन भएको बताएका हुन् ।
फरक प्रशंगमा बोल्दै आङ्बोले नेपालको विकास नहुनुको कारण अस्थिरताका कारण भएको बताएका छन् । अव, सुसासन कायम गर्न सरकार कसै सँग सम्झौता समेत नगर्ने उनको भनाई थियो ।
उहाँले मुलुकमा दलहरु मिलेर अघि बढेकाले नै यतिसम्मको परिवर्तन सम्भव भएको भन्दै अब समृद्धि प्राप्तीका लागि पनि एक भएर अघि बढ्नुपर्ने बिचार व्यक्त गरे । समृद्धिका लागि प्रतिपक्षलाई समेत साथै लिएर सरकार अघि बढ्न चाहेको उल्लेख गर्दै मन्त्री आङबोले रचनात्मक प्रतिपक्षको भूमिका निर्बाह गर्न प्रतिपक्षिलाई आग्रह गरे ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका आङबोले फरक प्रशंगमा बोल्दै केही तत्वहरुबाट नेकपाको एकीकरणलाई कमजोर बनाउँने र सरकारलाई बद्नाम गर्ने खेल भइरहेको बताए । त्यसमा डटेर सामना गर्ने पनि बताए ।
आङबोले चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा.गोविन्द केसी असल मानिस भएको उल्लेख गर्दै इमानदारपूर्वक आफ्नो काममा फर्कन आग्रह गरे । मेडिकल कलेज कहाँ राख्ने, कहाँ नराख्ने भन्ने सरकारले निर्णय गर्ने र त्यसबारे ऐन संसदले बनाउँने कुरा भएकाले एउटा व्यक्ति अनसन बसेर समाधान ननिस्कने उनले जिकिर समेत गरे । नेपाल सरकारको एकजना कर्मचारी अनशन बस्दा सरकारले घुँडा टेक्ने कुराको कल्पना पनि नगर्न पनि आग्रह गरे ।
केसीलाई उक्साउने तत्वहरु लागी परेको बताउँदै सरकारको विरुद्ध असनसन बस्नु भएको छ । विधेयक बनाउने विषय एकजान अनसन बसेर मात्र नहुँने उनको भनाइ थियो ।
भवनको निर्माणकालागि पत्रकार महासंघ शाखा पाँचथरले प्रदेश सरकारलाईसँग पहल गरेको थियो । प्रदेश सरकारले भवन निर्माणका लागी ५० लाख रुपैया भवन छुट्याएपछि भवन निर्माणके काम अधि बढेको हो । भवन को शिलान्यास गर्दै मन्त्री आङबोले भवनलाई यसै बर्ष सक्ने गरी काम अगाडि बढाउन आग्रह गर्दै आवश्यक थप रकम पनि उपलब्ध गराउने प्रतिबद्धता गरे ।
लामो समयसम्मको प्रयास पछि पत्रकार महासंघ पाँचथर शाखाको भवनको शिलान्यास भएको हो । बैठक हल, सभा हल, कार्यालय, सूचना केन्द्र सहितको भवन यहीं वर्ष भित्र निर्माण सम्पन्न गरिने महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाले बताए । शिलान्यास कार्यक्रममा राजनीतिक दल, वुद्धिजीवी, नागरिक समाज, पत्रकारहरुकोउपस्थिति रहेको थियो ।
Comments