इतिहासकै ‘कन्जुस बलर’ नादकर्णी
Published: (Updated: )
by .बापु नादकर्णी टेस्ट क्रिकेट इतिहासमा यस्तो नाम हो, जसले अद्भुत कीर्तिमान बनाएका छन् । उनलाई सबैभन्दा कन्जुस बलु का रुपमा पनि सम्झिने गरिन्छ ।
उनले टेस्ट क्रिकेटमा लगातार एक सय ३१ बलमा एक रन पनि नदिएर कीर्तिमान राखेका छन् । उनले ५६ वर्षअघि जनवरी १२ मा यो कीर्तिमान बनाएका थिए ।
बापुले आफ्नो बायाँ हाते स्पीन बलिङको मद्दतमा सन् १९६४ मा मद्रासको नेहरु स्टेडियममा अङ्ग्रेज ब्याट्सम्यानलाई रन लिन निकै मुश्किल स्थितिको सिर्जना गरेका थिए ।
यही मैदानमा खेलिएको टेस्ट म्याचमा उनले एकपछि अर्को गर्दै एक सय ३१ बल गरे, जसमा उनले एक रन पनि बनाउन दिएनन् । यो पारीमा उनले कुल ३२ ओभरमा २७ मेडन राखे, जसमा लगातार २१ ओभर मेडन थियो ।
उनले ३२ ओभर गर्दा जम्मा पाँच रन मात्र दिए । उनको बलिङ स्पेल यस्तो थियो : ३२ ओभर–२७ मेडन–५ रन–० विकट ।
उनी नेट्समा अभ्यास गर्दा सिक्का राखेर बलिङ गर्दथे । टेस्ट करियरमा उनको १ दशमलव ६७ रन प्रतिओभरको इकोनमी छ । उनले ४१ टेस्ट खेल्दा ९१६५ बलमा २५५९ रन दिँदै ८८ विकेट लिएका छन् ।
क्रिकेटको सबै विधामा निपुण बापुले ब्याटिङ पनि राम्रै गर्थे, उनी प्रभावशाली फिल्डर पनि थिए । उनले इंग्ल्याण्डविरुद्ध सन् १९६३–६४ सिरिजमा कानपुरमा अविजित एक सय २२ रन बनाउँदै भारतलाई हारबाट बचाएका थिए ।
उज्यालो
Comments