Sajhamanch Archive

एक नम्बर प्रदेशमा पाइपलाइनबाट भित्रिएको इन्धन प्रयोग

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

विराटनगर । सीमावर्ती क्षेत्र भारतको मीरगञ्ज पुल मर्मतका लागि सवारी आवागमन बन्द गरेपछि पाइपलाइनबाट भित्रिएको तेल प्रदेश १ मा प्रयोग गर्न थालिएको छ । भारतीय पक्षले वीरपुर–भाण्टाबारी रि–रुट गरेर ल्याउन अनुमति नदिएपछि नेपाल आयल निगम प्रादेशिक कार्यालयले अमलेखगञ्ज डिपोबाट इन्धन ल्याउन थालेको हो ।

आयल निगम प्रादेशिक कार्यालय विराटनगरका सूचना अधिकारी दिवस विष्टका अनुसार मोतिहारी अमलेखगञ्ज पाइपलाइनबाट भित्रिएको इन्धन प्रदेश एकमा वितरण गरिएको हो । आयल निगम प्रादेशिक कार्यालयले प्रदेश १ र २ का १४ जिल्लामा इन्धन आपूर्ति गर्दै आएको छ । १४ जिल्लामा दैनिक आठ लाख लिटरसम्म डिजलेको माग छ । तीनलाख लिटर हाराहारी पेट्रोलको माग छ । बजारको मागअनुसार भारतको सिलगुढी डिपो र अखलेखगञ्जबाट आयात गरिरहेको विष्टले बताए ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट इन्धन आयात गर्न थालेको विराटनगर वितरण केन्द्रले भारतको बरौनीभन्दा अमलेखगञ्जबाट आयात गर्दा सहज र कम खर्च लाग्ने बताएको छ । विराटनगरबाट बरौनी डिपो करिब २ सय २६ किलोमिटर लामो छ । करिब २ सय ९० किलोमिटर छ । भारतीय बरौनी डिपोबाट तेल आयात गर्दा अनेक झन्झट र सडक जामको समस्या हुन्छ । सवारी जामका कारण सीमावर्ती क्षेत्रमा घण्टौंसम्म लाइन बस्नुपर्ने समस्या छ ।

ढुवानीकर्तालाई बरौनीभन्दा अमलेखगञ्ज डिपोको प्रयोग धेरै सजिलो र सहज रहेको विष्ट बताउँछन् । भारतले मागअनुसारको इन्धन उपलब्ध गराउने हो भने अमलेखगञ्ज डिपो प्रयोग गर्दा निगम र ढुवानीकर्तालाई सहज हुनेछ । अमलेखगञ्जबाट आयत गर्दा लागत र समयको पनि बचत हुने विष्टको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *