Sajhamanch Archive

घुमघाममा रमाउँदै मिरुना

Published: (Updated: ) in टिप्स/जानकारी by .

एउटा कलाकारका लागि फिल्मको सफलता निकै महत्त्वपूर्ण रहन्छ । फिल्म सफल भएको खण्डमा करिअरलाई माथि उठाउन ठूलो मद्दत गर्छ । असफलताले करिअर संकटमा पर्छ । निरन्तर असफलताको श्रृंखलाबाट गुज्रिरहेकी अभिनेत्री मिरुना मगरले भन्दा धेरै यो कुरा अरु कसले बुझेको होला र ! डेब्यू फिल्मदेखि उनले अहिलेसम्म सफलताको सुख प्राप्त गर्न सकेकी छैनन् ।

यूके रिर्टन्स यी सुन्दरीले फिल्म ‘लालपूर्जा’ बाट अभिनय करिअर सुरुवात गरेकी थिइन् । फिल्ममा उनको अपोजिटमा अभिनेता सौगात मल्ल थिए । रिलिजपूर्व फिल्म सफल हुने अनुमान गरिए पनि नतिजा उल्टो आयो । उनलाई पहिलो गाँसै ढुंगा लाग्यो । कतिपयले अब उनी यूके नै फर्किने अड्कल पनि काटे । तर, उनले दोस्रो फिल्म ‘रोज’ अभिनेता प्रदीप खड्सँग गर्न पाइन् ।

प्रदीपको स्टारडमका कारण फिल्म चल्ने विश्वास मिरुनादेखि मेकरसम्म सबैलाई थियो । तर, यो फिल्मले पनि बक्सअफिसमा सफलता हात पार्न सकेन । यद्यपि, अभिनेत्री मिरुनाको अभिनय भने निकै रुचाइयो । उनी आफैं पनि आफ्नो लागि ‘रोज’ टर्निङ पोइन्ट सावित भएको बताउँछिन् । यसले उनलाई दर्शकको ठूलो वर्गमा चिनाएको थियो । उनको तेस्रो फिल्म थियो, ‘साइनो’ ।

यो फिल्मबाट उनले ‘फ्लप फिल्म’ मा ह्याट्रिक नै गरिन् । र, उनलाई ‘अनलक्की नायिका’ को ट्याग पनि लाग्यो । यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘च च हुई’ बाट पनि उनले हिटको सुख प्राप्त गर्न सकिनन् । यसमा उनी अभिनेता आर्यन सिग्देलको अपोजिटमा थिइन् । रिलिजपूर्व फिल्मको हाइप राम्रै थियो । तर, कमजोर कथावस्तुका कारण फिल्मले हलमा घुँडा टेक्यो ।

लगातार चार फिल्म असफल भएपछि अहिले मिरुनाको करिअर संकटमा परेको टिप्पणी भैरहेको छ । यद्यपि, उनको हातमा फिल्म भने टुटेको छैन । हालै उनले उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ को छायांकन भ्याएकी छन् । फिल्ममा उनी अभिनेता दयाहाङ राईको अपोजिटमा छन् । यो फिल्मप्रति उनको ठूलो आश छ । उनको आश फेरि निराशामा परिणत त हुने होइन ?

मिरुना केही दिनयता घुमघाममा व्यस्त छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने यी सुन्दरी अभिनेत्रीले दैनिक रुपमा घुमघाममा रमाइरहेका तस्विरहरु साझेदार गरिरहेकी छन् । नेपाल सरकारको पर्यटन प्रवद्र्धन अभियान ‘भिजिट नेपाल २०२०’ लाई सघाउन आफ्नो भ्रमण रहेको भन्दै उनले प्रकृतिसँग रमाएका तस्विरहरु साझेदार गर्दै क्याप्सनमा उल्लेख गरेकी छन् ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *