Sajhamanch Archive

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई

Published: (Updated: ) in खेलकुद by .

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ ।

फाइनलमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड च्याम्पियन बन्यो । निर्धारित ९० मिनेट र थपिएको आधा घण्टाको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

सर्जियो रामोसको पेनाल्टी गोल निर्णायक बनेपछि रियल मड्रिडले ४–१ को जित निकाल्यो । एट्लेटिकोका सउल निग्वेज र थोमस पार्टीको पेनाल्टी गोलमा परिणत हुन सकेन ।

अतिरिक्त समय सकिन पाँच मिनेट बाँकी हुँदा फेड्रिको भाल्भार्डेले रातो कार्ड पाउँदा रियल मड्रिड १० खेलाडीमा झरेको थियो । साउदी अरेवियाको किङ्ग अबदुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा एट्लेटिको मड्रिडका जाओ फिलिक्सले पहिलो हाफमा राम्रो मौका पाएका थिए । रामोसको मिसपासमा मौका पाएका फिलिक्सले पोस्टभन्दा थोरै बाहिर प्रहार गरे ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको थियो । पेनाल्टीमा सउलको प्रहार पोस्टमा लाग्न पुग्यो भने थोमस पार्टीको प्रहार रियलका गोलकिपर थियाबट कोट्र्वाले बचाएका थिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *