Sajhamanch Archive

पाँच गल्ती, जसले कलेजोको क्यान्सर हुनसक्छ

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by .

कलेजको क्यान्सर हुने जोखिम धेरैलाई हुन्छ । खासगरी अस्वस्थ्यकर जीवनशैली अपनाउनेमा यस्तो जोखिम बढी हुन्छ । यद्यपी कलेजोको क्यान्सरको कारण यो मात्र एक कारण होइन, हाम्रा कतिपय गल्तीले कलेजोमा क्यान्सर हुन सक्छ ।

के हो कलेजो ?

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । कति बयस्कमा यसको लम्बाई १५ सेमी (लगभग ६ इन्च) हुन्छ । यो नै शरीरको सबैभन्दा गहु्रँगो अंग पनि हो, जसको तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ । यो हाम्रो पेटको दाहिने भागमा हुन्छ ।

के काम गर्छ ?

यसले शरीरमा ५ सयभन्दा बढी काम गर्छ । यसको मूख्य काम चाहि पाचन नलीबाट आउने रगतलाई शुद्धिकरण गरेर पुरै शरीरमा संचार गराउने हो । रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले गर्छ । हामी जे औषधी सेवन गर्छौ, त्यसलाई पनि यसैले शरीरमा संचार गराइदिन्छ । तर, यति महत्वपूर्ण कलेजोलाई कसरी रक्षा गर्ने भन्ने कुरामा हामी खासै ख्याल राख्दैनौ ।

कलेजोमा क्यान्सर कसरी हुन्छ ?

१। धेरै मदिरा सेवन गर्दा लिभर सिरोसिस नामक रोग लाग्न सक्छ, जो क्यान्सरमा बदलिन्छ ।

२। हेपटाइटिस बि र सिको कारण कलेजो चाडै कमजोर हुन्छ र त्यसले क्यान्सर पनि निम्त्याउँछ ।

३। डाइललिसस गर्ने व्यक्तिको इन्फेक्सनको कारण कलेजोको क्यान्सर हुने संभावना बढी हुन्छ ।

४। मधुमेहको कारण नन अल्कोहलिक फ्याटी लिभर नामक रोग लाग्न सक्छ, जो क्यान्सरको कारण बन्न सक्छ ।

५ मोटोपनको कारण कलेजोमा बोसो जम्छ । यसले पनि क्यान्सरको जोखिम बढाउँछ ।

कसरी थाहा पाउने ?

– पेटको माथिल्लो दाहिने भागमा लगातार पीडा हुनु कलेजोको क्यान्सरको लक्षण हो ।

– भोक नलाग्नु, अचानक तौल घट्नु पनि कलेजोको क्यान्सरको लक्षण हुनसक्छ ।

– कलेजोको क्यान्सरको कारण पेटमा पानी जम्न थाल्छ ।

– कलेजोको क्यान्सरको कारण शरीरमा पहेंलोपन बढ्छ ।

– नियमित रुपमा ज्वरो आइरहन्छ । महिनौंसम्म उपचारपछि पनि निको हुँदैन ।

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *