Sajhamanch Archive

कारागारबाट कैदी फरार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

रौतहट । रौतहटमा रहेको जिल्ला कारागार गौरबाट आइतबार राति एक जना कैदी फरार भएका छन् ।

कारागार प्रशासनका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा थुनामा रहेका अशोक यादव फरार भएका हुन् ।

तीन वर्षअघि जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा उनलाई कारागार पठाएको थियो । कारागारभित्र आन्तरिक रुपमा विद्युत सम्बन्धी काम समेत गर्ने गरेका यादव राति १० बजेको समयमा विद्युत सेवा अवरुद्ध बनाएर अँध्यारोको फाइदा उठाउँदै भागेको कारागार प्रशासनले जनाएको छ ।

फरार भएका यादवको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *