Sajhamanch Archive

शिष्यलाई ठगेको आरोपमा शिवानन्द स्वामी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रहरीले शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले आज भण्डारीलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा चार जना शिष्यले उनीविरुद्ध उजुरी दिएका छन् ।

‘अरु पनि पीडित हुन सक्छन् । हामी अनुसन्धान गरिरहेका छौं’, थापाले भने, ‘चेक रिपब्लिक पठाउने भनिए पनि भण्डारीको त्यस देशमा पठाउनलाई कुनै सम्बन्ध देखिँदैन ।’

भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् । उनको टौदहमा पनि आश्रम रहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *