Sajhamanch Archive

‘खु्लदुली’ प्रेम र युद्धको लोकार्पणसहित परिचर्चा

Published: in शिक्षा by .

भद्रपुर । नवोदित साहित्यकार पवन निलद्वारा लिखित उपन्यास ‘खु्लदुली’ प्रेम र युद्धको लोकार्पण भएको छ ।

शनिबार झापाको चन्द्रगढीस्थित लेखनाथ पुस्तकालयमा आयोजित महाकवी भेला तथा पुस्तक लोकार्पण कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।

लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रा. डा. गोपाल भण्डारी रहेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ लगायतको सहभागितामा सञ्चालित कार्यक्रममा साहित्यकार तथा प्राध्यापक राजेन्द्र प्रसाईले कृतिमाथि परिचर्चा गरेका थिए ।

काल्पनिक र यथार्थताको उचित संयोजन रहेको उपन्यासले समाजमा युद्ध भित्र पनि मानिस–मानिसबीच प्रेमको जटिल मानवीय आत्मसमर्पण र विरोधाभासलाई मुखरित गरेको छ । १६४ पृष्ठको उपन्यासको भाषा सरल, सरस र सुललित छ ।

१० वर्षे जनयुद्धको समयमा आम मानिसले भोगेका दुःख, प्रेममा रहेका युगल जोडीले भोगेका समस्या, प्रेममा राजनीति र राजनीतिबीच प्रेम क्रमशः समाधानका रुपमा दर्शाइएको छ ।

उपन्यास मार्फत लेखकको केही मूल कुरा भन्न खोजिएको पनि बुझिन्छ जसले सामान्य स्तरका पाठकका लागि सम्प्रेष्य बन्न सक्ने पाइएको छ ।

भद्रपुर १०, धनुषमोड निवासी पवन निल नेपाली सेना, वैदेशिक रोजगार हुँदै हाल शिक्षण पेशामा आवद्ध छन् ।

आफूले समाजमा देखेका, भोगेका र खासगरी १० वर्षे द्वन्द्वको समयमा युवाले भोगेका समस्याहरुलाई आधारशिला बनाई लेखिएको यो उपन्यास उनको पहिलो उपन्यास कृति हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *