Sajhamanch Archive

खाल्डोले बस निल्यो, ६ चिनियाँको मृत्यु

Published: in विविधा, विश्व समाचार by .

सडकको मध्यभागमा अचानक पैदा भएको खाडलमा यात्रुबस खस्दा चीनमा ६ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्। उत्तरपश्चिम चीनको शिनिङ प्रान्तमा सोमबार राती उक्त घटना भएको हो।

सिसिटिभी फुटेजमा, अचानक सडकको पिच फुटेर बस खसेको देखिएको छ। बस खस्दै गर्दा विस्फोटनको जस्तै ठूलो आवाज आएको थियो। बस खस्नुअघि, सडकमुनि खाडल भएजस्तो कुनै संकेत नदेखिएको एजेन्सीहरूले जनाएका छन्। समाचारका अनुसार, जमिनमुनि पानी सुक्दै जाँदा सडकको पिच जस्ताको तस्तै देखिने गरे पनि भित्रभित्रै खोक्रिँदै गएको थियो।

चिनियाँ समाचार एजेन्सीले सडकमा पैदा भएको उक्त खाल्डो १० मिटर गहिरो रहेको जनाएको छ। चीनमा यस्ता घटनाहरू बढ्दै गएका छन्। सरकारको ुद्रुत विकास नीतिु पछ्याउनुपर्दा कामदारहरूले पूर्वाधार निर्माणका सबै आयाममा पर्याप्त ध्यान दिन नसक्ने भएकाले यस्ता घटना हुने गरेको आलोचकहरूको आरोप छ।
ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *