Sajhamanch Archive

सहकारीकर्मीलाई सुरक्षा तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

भद्रपुर । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक अपराध, कानूनी प्रक्रिया र प्रहरी कार्यहरूको सुरक्षाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको छ ।

संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा भद्रपुर सेवा केन्द्रमा आयोजित प्रशिक्षण कार्यक्रमको अध्यक्षता संस्थाका सचिव तथा शिक्षा उपसमितिका संयोजक सुवास भट्टराईले गरेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले गरेका थिए । प्रशिक्षणका क्रममा एसपी कोइरालाले समाजमा हुने विभिन्न किसिमका अपराध,अपराध हुने कारणहरु तथा प्रहरीको भूमिका के हो भन्ने बारेमा सुझाएका थिए ।

कोइरालाले पछिल्लो समयमा विभिन्न प्रकारका सामाजिक अपराध बढ्नुका कारण र त्यसलाई निराकरण गर्ने उपायहरुका बारेमा सहभागीहरुलाई अवगत गराएका थिए ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको संक्षिप्त जानकारी गराउनुका साथै सामाजिक अपराध सम्बन्धी कार्यक्रम आयोजना गर्नुका उद्देश्यका बारेमा प्रष्ट्याएका थिए ।

संस्थाको शिक्षा उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *