Sajhamanch Archive

दीपिकालाई रामदेव बाबाको सुझाव, ‘मजस्तो मान्छेलाई सल्लाहकार बनाऊ

Published: in टिप्स/जानकारी by .

मुम्बइ । भारतीय योग गुरु बाबा रामदेवले सोमबार अभिनेत्री दीपिका पादुकोणलाई देशको सामाजिक राजनीतिक मुद्दामा सुझबुझ राख्नुपर्ने भन्दै सुझाव दिए ।

‘कुनै पनि ठूलो मुद्दाबारे निर्णय लिनुअघि उनले म जस्तो सल्लाहकार नियुक्त गर्नु आवस्यक छ । जसले उनलाई निश्पक्ष सल्लाह दिन्छ,’ रामदेवले भनेका छन् । गत जनवरी ५ मा जेएनयूमा विद्यार्थी र शिक्षकमाथि कुटपिट हुँदा पीडितको पक्षमा ऐकवद्धता जनाउन तत्कालै दीपिका घटनास्थलमा पुगेकी थिइन् ।

त्यहाँ विद्यार्थीहरुले गरेको आन्दोलनमा दीपिकाले आफ्नो समर्थन रहेको भन्दै सहभागी भएकी थिइन् । त्यस घटनापछि भारतीय जनता पार्टीका नेताहरुले दीपिकाको कडा आलोचना गरे ।
यही सन्दर्भमा गुरु रामदेवले दीपिकालाई सार्वजनिक रुपमा सुझाव दिएका हुन् ।

अभिनेत्रीको रुपमा उनको क्षमता अलग प्रकारको भएको तर देशबारे बुझ्न सामाजिक, सांस्कृतिक र राजनीतिक मुद्दाबारे पढ्नुपर्ने सुझाव रामदेवले दिएका हुन् । यसपछि मात्रै ठूला मुद्दामा निर्णय लिनुपर्ने उनको तर्क थियो ।

रामदेवले भनेका छन्, ‘मलाई लाग्छ कि, दीपिकालाई स्वामी रामदेव जस्ता मानिसको आवस्यकता छ । जसले उनलाई सही सल्लाह दिन्छन् ।’ जेएनयूको प्रदर्शनमा सहभागी भएपछि अभिनेत्री दीपिकाको नयाँ फिल्म ‘छपाक’ समेत प्रभावित भएको बताइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *