माईमेलामा सवारी साधन अवात जावतमा सहज
Published: (Updated: )
by .शिवसताक्षी । झापाको प्रसिद्ध कनकाई माईमेलामा पर्व पश्चिम सवारी साधान आवत जावतमा सहज बनाइएको छ । प्रहरीको सक्रियतामा कनकाई पुलमा सवारी साधनलाई सहज रुपमा आवत जावतलाई सहज बनाइएको हो ।
मकर नुहाउन र मेला भर्न आउने श्रद्धालु भक्तजनहरुलाई प्रहरीले खोलाबाट आवत जावत गर्न जानकारी गराएपछि कनकाई पुलमा भीड हटेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
मेला भर्न आउने आगन्तुकहरुलाई वारी पारी गर्न माईपुल उत्तर खोलामा बाँसको पुल बनाइएको छ ।
झापाको प्रसिद्ध धार्मिक कनकाई नदीमा बुधबारविहान देखि नै मकर स्नान गर्ने तथा मेलामा रमाइलो गर्नेको भीड लागेको छ । कनकाई नदि तटमा लाग्ने मेला पूर्वको पसिद्ध र ठूलो मेला मानिन्छ ।
यसैगरी आजैका दिन कनकाई नदीमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृतिअनुरूप धाननाच देखाइने प्रचलन छ । कन्काई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकाङ्क्षा पूरा गर्न भाकल गर्ने नेपालको पूर्वी क्षेत्र तथा भारतको सिलिगुडी, दार्जिलिंग र सिक्किम क्षेत्रका नेपालीभाषी भारतीय पनि कन्काई नदीमा आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन् ।
माघ १ गते माघे संक्रान्तिका दिन कनकाई नदीमा स्नान गरेर तिलको लड्डु, तरुल खाएमा पापबाट मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ। य
बुधबार बिहान ४ बजेबाट नै पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको माई किनारमा नुहाउने र पूजा गर्नेको भीड सुरु भएको छ।
कनकाईको पश्चिम किनारमा शिवसताक्षी नगरपालिका र पूर्व किनारमा कनकाई नगरपालिकाले मेला लगाएको हो । वर्षेनी लाग्ने प्रसिद्ध धार्मिक मेला यस वर्ष व्यवस्थित गरिएको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाले जनाएका छन् ।
Comments