Sajhamanch Archive

ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा लक्षित गरी बम विस्फोट,

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौको । काठमाण्डौको सानो भर्‍याङमा शोभाकान्त ढकालको घरलाई लक्षित गरी बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान र संलग्नको खोजी अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए।

बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बुधबार बेलुका भएको विष्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

विष्फोटबाट ढकालको घरसहित अन्य तीन वटा घरको झ्यालका सिसा फुटेको छ । विष्फोटबाट ढकालको घरको गेट र पार्किङ गरी राखेको गाडीमा क्षति पुगेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *