Sajhamanch Archive

दाङमा डोजरले ठक्कर दिँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नंं. १ मा डोजरको ठक्करबाट ६६ वर्षीय लालबहादुर थापाको ज्यान गएको छ ।

बुधबार राति साढे ९ बजेतिर पश्चिम दाङको पेदीखोलाबाट शान्तिनगरतर्फ आउँदै गरेको रा १ क ३१५ नम्बरको डोजरले शान्तिनगरको हारिचारमा थापालाई ठक्कर दिएको थियो ।

डोजरको ठक्करबाट थापाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । डोजरका चालक र डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *