Sajhamanch Archive

नागरिकलाई सचेत बनाउन सके समृद्धिको आधार बन्छ : गृहमन्त्री थापा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विपतलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभिभारा पूरा गर्न सकिने बताएका छन् ।

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा उनले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सके दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने बताए ।

‘सुरक्षित पूर्वाधारमा पहिलो कुरा नागरिक सचेतना हो । नागरिकहरूलाई सचेत बनाउने सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्छ,’ थापाले भने ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *