Sajhamanch Archive

काकाको हत्या गरेको अभियोगमा राईलाई जन्मकैद

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

भोजपुर । जिल्ला अदालत भोजपुरले साइनोमा काका पर्ने ६३ वर्षीय बलबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई जन्मकैदको फैसला गरेको छ ।

अदालतले बलबहादुरको हत्यामा संलग्न भोजपुर नगरपालिका वडा नं.१० भैँसीपङ्खाका ४३ वर्षीय शङ्खराज भनिने श्रीकृष्ण राईलाई जन्मकैदको सजाय सुनाएको हो ।

अभियुक्त राईले कुटपीट गरी बलबहादुरलाई मारेको अभियोगमा जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा २ बमोजिम जन्मकैदको फैसला गरेको आदालतका नायव सुब्बा खड्ग भट्टराईले बताए ।

त्यस्तै अदालतले मृतककी श्रीमती महिना राईले अभियुक्त श्रीकृष्णबाट एक लाख रुपैयाँ क्षतिपूर्ति पाउने पनि फैसला गरेको छ । आफ्नै घरको पेटीमा आराम गरेर बसेका बलबहादुरलाई श्रीकृष्णले जाँडरक्सी खाएर बिनाकारण कुटपिट गरी गएको असोज १५ गते घाइते बनाएका थिए ।

आर्थिक अवस्थासमेत कमजोर रहेका बलबहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले फकाएर, एक बोतल रक्सी किनेर एक आपसमा मिलापत्र गरेको भए पनि बलबहादुरको गत असोज १७ गते घरमै ज्यान गएको थियो । बलबहादुरको कुटाइका कारण ज्यान गएपछि परिवारले जाहेरी दिएको थियो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *