‘विद्यालय भोलिका लागि जनशक्ति उत्पादन गर्ने थलो’ : मन्त्री कार्की
Published: (Updated: )
by .कमल । प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिम्मतकुमार कार्कीले विद्यालय भोलिका लागी जनशक्ति उत्पादन गर्ने थलो भएकोले त्यहाँ अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यप्रति गम्भिर हुनुपर्ने बताएका छन् ।
झापा कमल गाउँपालिका ६ स्थित वर्कफर नेपालद्वारा निर्माण गरिएको शुद्धपिउने पानीको प्लान्ट कमल गाउँपालिकालाई हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री कार्कीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मानसिक स्वस्थ्य, शारीरिक स्वास्थ्य नैतिकवान नागरिक बनाउने लक्ष्य प्रदेश सरकारले लिएको बताए ।
त्यसको प्रारम्भिक कुरा भनेको पिउने पनि हो । यसका लागी कमल गाउँपालिकाले जुन अभियान सन्चानल गरेको छ । यो अति नै राम्रो भएको समेत मन्त्री कार्कीले जानकारी दिए । परियोजनाले सम्भव भए तपाईहरुले सबै विद्यालयमा यस्तो प्रविधि युक्त शुद्ध पिउने पानीको प्लान्ट राख्नुहोस यदि सक्नुहुन्न भने योजना बनाएर पठाउनुहोस प्रदेश सरकार सहयोग गर्न तयार रहेको मन्त्री कार्कीको भनाई थियो ।
हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट को आर्थिक सहयोगमा वर्कफर नेपालले झापाको कोरोवारी स्थित आदर्श माध्यामिक विध्यालय, कन्काई नगरपालिका स्थित भगवत आधारभुत विद्यालय, कमल लगाउँपालिकाको कार्यालय र कालिका आधारभुत विद्यालय, दमक नगरपालिका स्थित कृष्ण माध्यामिक विद्यालय, गौरीगन्ज गाउँपालिकामा मदरशामा गरी जम्मा १८ लाख रुपैयाको लागतमा शुद्ध पिउने पानीको प्लान्ट स्थापना गरिएको हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टका कन्ट्रि डाईरेक्टर सैहद खालिव महसिमले जानकारी दिए ।
सोही कार्यक्रममा शुद्ध पिउने पानि प्लान्टको चावी गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । दुबै संस्थाले एक अर्कालाई सहयोग गरेको भन्दै प्रशंसापत्र प्रदान गरेका थिए ।
गाउँपालिकामा मात्र होईन सबै जनतालाई शुद्ध पिउने पानिको व्यवस्था गर्न गाउँपालिका लागिपरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिईन् ।
त्यसैगरी वर्क फर नेपालद्वारा नै सन्चालनमा रहेको ढाका बुनाई तथा ड्रस मेकिङ्ग तालिमको तालिम समापन तथा प्रमाणपत्र वितरण पछि बोल्दै मन्त्री कार्कीले तालिममा सिकेका कुरालाई व्यहारमा लागु गर्नपर्ने बताए । उत्पादन गरेको बस्तुको बजार व्यवस्थापनको जिम्मा प्रदेश सरकारले लिने मन्त्री कार्कीले जानकारी दिए ।
वर्कफर नेपालले स्वस्थ्य, पिउने पानी र क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सन्चालन गरिएको गत आर्थिक वर्षमा १ करोड ४० लाख रुपैयाको औषधी लगायत स्वास्थ्य सामाग्री विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा वितरण गरेको संस्थाका अध्यक्ष तिलचन्द्र अभिकारीले बताए ।
तालिमा सहभागीले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्न आवश्यक सहयोग गर्न कमल गाउँपालिका जहिले पनि तयार रहेको अध्यक्ष काफ्लले बताईन् । संस्थाका उपाध्यक्ष केशव भण्डारीले सन्चालन गरेको कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई स्वागत तथा कार्यक्रमका बारेमा जानकारी हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टका कार्यक्रम संयोजक जिवा पोख्रेलले गरेका थिए ।
Comments