Sajhamanch Archive

बालबालिकाको सहारा तारा नमस्ते बालग्राम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बालबालिकाको सहारा बनेको तारा नमस्ते बालग्रामको चौथो वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेशसभा सदस्य एकराज कार्की रहेका थिए ।

वि. सं. २०६९ साल माघ १९ गते स्थापना भएको उक्त बालग्राममा ८ जना बालक र ६ जना बालिका गरि जम्मा १४ जना बालबालिका आश्रित रहेका छन् ।

बिर्तामोड नगरपालिका वडा नं. ४ मा रहेको संस्थाको नाममा ३ कठ्ठा ५ धुर जग्गा निर्माणाधिन ७ कोठे भवन र कम्पाउण्ड वाल रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त साधारणसभाको अवसरमा जग्गा दाता गुरुभक्त न्यौपानेलाई सम्मानित गरिएको थियो । सो साधारणसभामा कोषाध्यक्ष यसोदा चापागाईंले संस्था स्थापना गर्नुको उद्देश्य र बालग्रामको पृष्ठभूमीका बारेमा बताएकी थिइन् ।

साधारणसभाको अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य कार्कीले राज्यले गर्न नसकेको कार्यलाई तारा नमस्ते बालग्रामले गरेको भन्दै उक्त कामको प्रशंसा गरे साथै उनले अन्य संस्थाले यस्ता किसिमका काम गर्न सके मात्र देशको सम्वृद्धि हुने बताए ।

सो कार्यक्रममा नेकपा बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईं, सम्मानित गुरुभक्त न्यौपाने, पत्रकार गणेश पोखरेल, नैनाकला भट्टराई लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

संस्थाका उपाध्यक्ष याम विमलीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र राउतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *