Sajhamanch Archive

झापा–सिलगुडी पाइपलाइन विस्तार गर्न भारत सहमत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं। पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ ।

पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति गर्नको लागि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारसँगै दोस्रो चरणमा झापा–सिलगुडी पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सकारात्मक भएको हो । साथै अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्नका लागि भारतीय पक्ष सहमत भएको हो ।

भारतमा हालै सम्पन्न नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्पाइन्ट वर्किङ ग्रुपको सहसचिवस्तरीय पहिलो बैठकमा चितवनको लोथर र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा भारतीय पक्ष सहमत भएको हो । कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *