Sajhamanch Archive

ओली र प्रचण्डबीच सहमति : सभामुखमा सापकोटा निश्चित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको छ ।

सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो । लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ ।

यसअघि कसलाई सभामुख बनाउने भन्नेमा विवाद थियो ।

प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका थिए ।

पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ अग्नि नै हुन् । यस्तै वर्तमान उपसभामुख शिवमाया तुम्बाहङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *